क्यानडाको एक मस्जिदमा भएको आक्रमणमा परी चारको मृत्यु
एजेन्सी, १७ माघ । क्यानडाको एक मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ । क्युबेक शहरमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली हानाहान भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ समेत गरेको छ । तर घटनामा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने बारे एकिन जानकारी नभएको बताइएको छ ।
तीन जना बन्दुकधारीले मस्जिदमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विविसीले जनाएको छ । केन्द्रले सञ्चालन गरेको दुई मध्ये सेमिन सेन्ट–फोय मस्जिदमा आक्रमण भएको हो । घटनापछि त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३