गर्भमा रहेको शिशुका लागि आवश्यक हुन्छन् यी खानेकुराहरु…

भक्तपुर न्यूज

८ चैत २०७७ १२:०७

गर्भमा रहेको शिशुका लागि आवश्यक हुन्छन् यी खानेकुराहरु…

काठमाडौं । गर्भमा रहेको बच्चाको सही विकासका लागि गर्भावस्थामा रहँदा कुनै पनि महिलाले आफ्नो तथा शिशुको स्वास्थ्यमा धेरै ध्यान दिनु पर्छ । किनकि गर्भावस्थामा खाने हेरक कुरा कुनै स्वास्थ्यको लागि फाइदा हुन्छ त कुनै हुन्न । गर्भावस्थामा जंक फुड्स, स्पाइसी आइटमसले गर्भवती महिलासँगै आफ्नो शिशुलाई समेत हानीकारक हुन सक्छ । तसर्थ गर्भावस्थामा महिलाले खाने खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।गर्भमा रहेको शिशुका लागि आवश्यक खानेकुराहरु यस प्रकारका रहेका छन् ।

फाइबरयुक्त खाना- ओटमील, ब्राउन राइस, मल्टीग्रेन आटामा फाइबरका साथै अन्य पोषक तत्व पाइन्छ । तसर्थ गर्भवती महिलाले भोजनमा यी खानाको सेवन गर्नु निकै लाभदायक हुन्छ ।

मेवा- मेवामा पाइने फ्याटले गर्भमा रहेको बच्चाको मस्तिकको विकासमा सहयोग गर्ने हुनाले गर्भावस्थामा मेवा सेवन गर्नु निकै फाइदा हुन्छ ।

फलफूलको नियमित सेवन- फलफूलमा भिटामिन, एन्टीअक्सीडेन्टस अत्याधिक मात्रामा हुने हुनाले यसको नियमित रुपमा सेवन गर्नु राम्रो हुन्छ । साथै यसले गर्भावस्थमा छालालाई सुन्दर बनाइ राख्छ ।

दाल- राजमा, केराउ, चनाा, मुसुरोको दालमा प्रोटिन, फाइबर, आयन, फोलेट, क्यालसियम, जिंक लगायतका तत्व पाइन्छ । तसर्थ गर्भावस्थामा यसको सेवन गर्नु निकै फाइदा हुन्छ ।

पानी- प्रयाप्त मात्रामा पानीको सेवन गर्नाले शरीर भित्र रहेको विकार पदार्थलाई बाहिर ल्याउन मद्धत गर्दछ । साथै गर्भावस्थामा हुने विभिन्न इन्फेक्सनबाट पनि बचाउँछ ।

प्रकाशित मितिः २०७७ चैत्र ७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *