बार्सिलोना रियल बेटिससँग बराबरीमा रोकियो
एजेन्सी, १७ माघ । लुइस स्वारेजले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत हिजो भएको खेलमा बार्सिलोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ७५ औं मिनेटमा एलेग्रिए मोरेनोले गोल गर्दै घरेलु टोली रियल बेटिसलाई १–० को अग्रता दिलाए । ८९ औं मिनेटसम्म १–० ले पछि परेको बार्सिलोनाका लागि लुइस स्वारेजले ९० औं मिनेटमा बराबरी गोल फर्काए ।
बराबरीपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी कम गर्ने मौका त गुमायो तर सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिन भने सफल भयो । बार्सिलोनाको २० खेलबाट ४२ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ४६ अंक छ । तेस्रो स्थानको सेभिल्लाको पनि बार्सिलोना समान ४२ अंक नै छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५