खाना अपचको समस्या भए अपनाउनुहोस् यी घरेलु उपचार बिधि

भक्तपुर न्यूज

४ चैत २०७७ ९:१०

खाना अपचको समस्या भए अपनाउनुहोस् यी घरेलु उपचार बिधि

काठमाडौं । खाना नपच्नुलाई अपच/अजिर्ण भएको भन्ने गरिन्छ । हामी खाने खानामा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, खनिज तथा चिल्लो पदार्थ आदि रहेको हुन्छ ।

त्यसलाई हाम्रो शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्यालसहित टाइलिन, ग्यास्ट्रिक जुस नामक तत्वहरु उत्पादन हुन्छ । जसले भोजनलाई पचाउने काम गर्छन् । तर कतिपयमा खाना नपच्ने समस्या हुन्छ । नियमित रुपमा अपचको समस्या भए कसरी घरभित्रै यसको निदान गर्ने त ?

अदुवाको एउटा टुक्रामा कागतीको केही थोपा रस र अलिकति बिरे नुन मिसाएर खाने ।
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर ताजा अचार खाने ।
मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा नियमिति खाने ।
खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।
पाचन बलियो नहुनुमा कलेजो स्वस्थ नहुनु पनि त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुने ।
गाजर, चुकन्दर, सागसब्जी र फलफूल खाने यसले कलेजो स्वस्थ बनाउँछ ।
पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ ।
यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने ।
बढी तनाव लिदाँ पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि समस्या हुन्छ ।
तनावले पाचनलगायत शरीरका अन्य प्रणालीमा पनि असर गर्दछ ।
हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *