धनगढी उडेको राष्ट्रपति सवार हेलिकप्टर दाङमा अवतरण
दाङ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको छ।
मौसममा खराबी आएपछि काठमाडौँबाट धनगढी जान लागेको हेलिकप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको हो। भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण भएको र मौसम खुल्ने बित्तिकै धनगढी जाने राष्ट्रपतिसँगै रहेका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
राष्ट्रपति भण्डारी शिवनगर दोश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटनका लागि धनगढी प्रस्थान गरेकी थिइन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
