प्रचण्डले गद्दारी र राष्ट्रघात गरेको वैद्यको आरोप

भक्तपुर न्यूज

१४ माघ २०७३ ७:५२

प्रचण्डले गद्दारी र राष्ट्रघात गरेको वैद्यको आरोप

काठमाडौं, १४ माघ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेपाल आउने भारतीय जेट विमानमा भारतले एयर मार्शल राख्न पाउने गरी प्रचण्ड सरकारले गरेको सम्झौतालाई राष्ट्रघाती भएको आरोप लगाएको छ ।
नेपाल आउने विमानमा भारतीय एयर मार्शल राख्ने कुरा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याउने प्रकृतिको भएको भन्दै क्रान्तिकारी माओवादीले विज्ञप्तीमार्फत आपत्ति जनाएको हो ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, तसर्थ हाम्रो पार्टी उक्त विषयबारे सत्य तथ्य सार्वजनिक गर्न र त्यस प्रकारका राष्ट्रघाती सम्झौताहरुलाई तत्काल खारेज गर्न सरकारसित जोडदार माग गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *