डोजर पल्टिदा तीनको मृत्यु, ९ घाइते
प्युठान, १४ माघ । प्यूठानको दाङबाङ–६, कोलबोटमा डोजर पल्टिएको छ । कोलबोटमा बाटो खन्न गएको डोजर पल्टिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । हिजो राति ९ बजे ना १ ख ३३१९ नम्बरको डोजर दुर्घटना हुँदा दाङबाङ ६, का २० वर्षे शेषकान्त आचार्य, १२ वर्षे ज्ञानेन्द्र बहादुर गाहामगर र दाङबाङ८ का १७ वर्षे डोजरका सहचालक दीपक गाहामगरको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ९ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ६ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी प्युठानले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
