मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने ट्रम्पको तयारी

भक्तपुर न्यूज

१४ माघ २०७३ ५:५३

मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने ट्रम्पको तयारी

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका सामान आयातमा कर लगाउने अन्तिम तयारी गरेका छन् । सीमा क्षेत्रमा पर्खाल लगाउने खर्च जुटाउन राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने तयारी गरेका हुन् ।
उनले मेक्सिकोका सामान आयातमा २० प्रतिशत कर लगाए वार्षिक करिब १० अर्ब डलर राजश्व संकलन हुने दाबी गरेका छन् । ह्वाइट हाउसका प्रवक्ताले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाएर उठेको रकमले पर्खाल लगाउने तयारी भएको जनाएका छन् ।
अपराध र खुला सिमाना नियन्त्रण गर्न अमेरिकी राष्ट्रपतिले सीमानामा पर्खाल लगाउने घोषणा गरेलगत्तै मेक्सिकोका राष्ट्रपति नरिक पेना निएटोले अमेरिकी भ्रमणको कार्यक्रम रद्द गरेका थिए । त्यसलगत्तै ह्वाइट हाउसले मेक्सिकोका सामानमा कर लगाउने जनाएको हो । अमेरिकी राष्ट्रपतिसँग भेट गर्न मेक्सिकोका राष्ट्रपति आगामी हप्ता अमेरिका जाने कार्यक्रम थियो । यसअघि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *