काठमाडौं, १३ माघ । आज पनि सुनचाँदीको मूल्य घटेको छ। हिजो ४ सय रुपैयाँले घटेको सुन आज ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज फाइन सुन (९९.९९ प्रतिशत शुद्ध)को मूल्य तोलाको ५५ हजार रुपैयाँ रहेको छ। हिजो ५५ हजार ३ सय रुपैयाँ थियो। त्यस्तै स्टाण्डर्ड सुन (९९.५० प्रतिशत शुद्ध) सुनको मूल्य ५४ हजार ७ सय रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। हिजो तोलामा ७ सय ९५ रहेको चाँदी आज ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज पनि सुनचाँदीको मूल्य घट्यो
0
Share.
Comments