सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दियो
सिन्धुली, १३ माघ । सिन्धुली, कमलामाई नगरपालिका–६ सिन्धुली हस्पिटल रोडमा सिन्धुलीका सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दिएको छ । सहायक प्रजिअ सवार बा १ झ ७८२६ नं को बोलेरो गाडीलाई विपरीत दिशाबाट आएको ना ४ ख ९३३ नं को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट मानवीय क्षति नभए पनि बोलेरो गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।
प्रहरीले बस चालक सिन्धुली कमलामाई नगरपालिका–१० भिमानका ५३ वर्षीय अर्जुन बराललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५