एथ्लेटिको मड्रिड सेमिफाइनलमा प्रवेश
एजेन्सी, १३ माघ । एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एइबरसँग २–२ कै बराबरीमा रोकिए पनि एथ्लेटिको मड्रिडसमग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा एथ्लेटिको मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि जोसे गिमेनेज र आनफ्रानले गोल गरे ।
एइबरका लागि सेर्गी इनरिच र पेड्रो लिअनले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ४९ औं मिनेटमा गिमेनेजले एथ्लेटिको मड्रिडका लागि पहिलो गोल गरे । ७३ औं मिनेटमा इनरिचले एइबरका लागि बराबरी गोल फर्काए । ८० औं मिनेटमा लिअनले गोल गरेपछि एइबरले २–१ को अग्रता लियो । तर पाँच मिनेट बाँकी हुँदा आनफ्रानले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३