इजिप्ट र घाना अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश

भक्तपुर न्यूज

१३ माघ २०७३ ५:५४

इजिप्ट र घाना अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, १३ माघ । इजिप्ट समूह डी को विजेताको रुपमा गाबोनमा जारी अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा घानालाई १–० ले हराउँदै इजिप्ट समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इजिप्टको जितमा ११ औं मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएपनि घाना पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह विजेता बनेको इजिप्टको सात तथा घानाको ६ अंक भएको छ ।
गएराति नै भएको अर्काे खेलमा प्रतियोगिताबाट बाहिरिएका युगाण्डा र मालीले भने १–१ को बराबरी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *