मोरङमा गोली चल्दा एक घाइते
मोरङ, १२ माघ । मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उनीमाथि आक्रमण भएको हो ।
उनको तिघ्रामा चोट लागेको र अहिले विराट नरसिंहहोममा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र एउटा भारतीय नम्बरको मोटर साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
