सुनचाँदीको भाउ घट्यो

भक्तपुर न्यूज

१२ माघ २०७३ ७:१४

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १२ माघ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुन ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ९९ दशमलव ५० प्रतिशत शुद्धताको स्ट्याण्डर्ड गोल्डको भाउ तोलाको ५५ हजार रुपैयाँमा झरेको छ ।
हिजो फाइन गोल्ड ५५ हजार ७ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ८ सय रुपैयाँले कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *