घरेलु विधिबाट यसरी ल्याउन सकिन्छ अनुहारमा चमक

भक्तपुर न्यूज

१८ फागुन २०७७ ९:३४

घरेलु विधिबाट यसरी ल्याउन सकिन्छ अनुहारमा चमक

काठमाडौं । सुन्दर हुन जो कोहीलाई मन पर्छ । आफ्नो अनुहार सुन्दर, मुलायम र चमक होस भन्ने चाहाना नराख्नेहरू सायदै कम छन् । अझ युवतीहरूको यो शोखनै हो । यसका लागि महंगो कसमेटिक सामग्रीको उपयोग पनि भइरहेको हुन्छ । तर घरेलु विधिले पनि अनुहारमा चमक ल्याउन सकिन्छ:

– अनुहारलाई दुधको तरले सफा गर्नाले कालोपना हट्दछ ।

-बेसार, कागती, दही, तथा गुलाब जललाई बराबर मात्रामा मिलाई अनुहारमा लगाउनाले सुन्दरता छाउँछ ।

-दुधको तरमा कागतीको रस मिलाई अनुहारमा लगाउनाले गोरोपना बढ्दै जान्छ ।

-दही र महको मिश्रण अनुहारमा लगाउनाले सौन्दर्य बढ्दै जान्छ ।

-जौको बासी रोटीसँग दुध र मह मिलाई बिहानको समयमा अनुहारमा लगाउनाले चमक छाउँछ ।

-मसुरको दालको पिठो ५० ग्राम जौको पीठो ५० ग्राम र घ्यू १०० ग्राम मिलाई एउटा मिश्रण तयार गरी उक्त मिश्रणलाई १० दिनसम्म अनुहारमा लगाउने गर्नाले अनुहारको सौन्दर्य बढ्दै जान्छ ।

प्रकाशित मितिः २०७७ फागुन १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *