घाउ निको भएपछि बसेको खत कसरी हटाउने ?

भक्तपुर न्यूज

१७ फागुन २०७७ १०:०५

घाउ निको भएपछि बसेको खत कसरी हटाउने ?

काठमाडौं । कुनै चोटपटक वा जलेको घाउ निको भएपछि, एक किसिमको दाग वा खत छालामा बस्दछ । घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत कसरी हटाउन सकिन्छ त्यसबारे चर्चा गरौं ।

यदि घाउको खत वा दागको समयमै उपचार भएन भने यो पलाएर छालाको सतह भन्दा माथि उठेर ठुलो खत वा दाग बन्न सक्छ । घाउ निको हुने क्रममा नयाँ पलाउदै जादा तन्तुको बाक्लो तह वृद्वि भई खत वा दाग छालाको सतह भन्दा माथि उठ्न थाल्दछ । यसको रोकथामका गर्न निम्न उपाय अपनाउन सकिन्छ ।

१. निको भएको घाउमा बास्ना नआउने साबुनले राम्ररी सफा गर्ने ।

२. छालालाई पूर्ण रुपमा सुख्खा राख्ने त्यहाँ ओसिलो हुन नदिने ।

३. घाउको खत वा दागलाई घाम र तातोबाट बचाउने ।

४. घाउ पुरिन थालेपछि दैनिक ३/४ पटक नरिवल तेल लगाएर मालिस गर्ने/फैलाउने ।

५. निको हुदै गएपछि घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने ।

६. यदि अझै पनि खत उठेको देखिएमा प्रेसर ब्यान्डेजको प्रयोग गर्ने ।

७. यदि आँखा वरपर खत भए क्रिम या तेल निरन्तर लगाउने तर आखामा पर्न नदिने ।

प्रकाशित मितिः २०७७ फागुन १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *