बोतल वा प्लाष्टिकमा बन्द प्याक अचारले स्वास्थ्यमा रोगको खतरा

भक्तपुर न्यूज

१७ फागुन २०७७ १०:०१

बोतल वा प्लाष्टिकमा बन्द प्याक अचारले स्वास्थ्यमा रोगको खतरा

काठमाडौं । खाना रुचेन वा स्वाद बढाउन भन्दै अधिकाशं मानिस खानासंग अचार खान्छन् । तत्काल भान्सामा बनाइएको अचार स्वास्थ्यकालागी हानिकारक हुदैन तर बोतल वा प्लाष्टिकमा बन्द प्याक अचारले स्वास्थ्यमा बिभिन्न रोगको खतरा बढाउने गर्दछ । के के हुन् त खतरा ?

१. क्यान्सर
अचारमा सोडियमको मात्रा धेरै हुने भएकाले अचार खाँदा शरिरमा पनि यसको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा बढाउँछ ।

२. हृदयघात
धेरै अचार खाँदा रक्तसंचार बिग्रने गर्दछ । यस्तोमा स्ट्रोक तथा हृदयघातको खतरा बढ्ने गर्दछ ।

३. तौल बढाउँछ
अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ र शरिरमा बोसो बढ्ने गर्दछ । फलत मानिसमा मोटोपन बढ्दै जान्छ ।

४. रक्तचाप
धेरै अचार खादाँ सोडियमका कारणले उच्च रक्तचापको जोखिम पनि बढ्ने गर्दछ ।

५. मृगौला
अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । जसले पत्थरीको समस्या निम्त्याउँछ ।

६. मधुमेह
गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ । यसले खानामा मधुमेह रोगको सम्भावना हुन्छ ।

प्रकाशित मितिः २०७७ फागुन १७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *