छुरा प्रहार गरी हत्या गर्ने चौधरी पक्राउ
सुनसरी, ११ माघ । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी–१५ बस्ने १९ वर्षीय जयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले अस्ति ईटहरी–१५ स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका मधेली–९ बस्ने २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा गम्भीर घाईते भएकोले उपचारको लागि गोल्डेन हस्पिटल बिराटनगर पठाइएकोमा उपचारको क्रममा हिजो मृत्यु भएको थियो ।
छुरा प्रहार गरी फरार भएका जयनारायण चौधरीलाई प्रहरीले हिजो ईनरुवा–६ स्थित बस पार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
