काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको थियो । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ८३ जना समावेश गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ। हाल ६६ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ११२ जना थपिएका छन् । आज ८४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार ८७२ संक्रमित भएपनि २ लाख ७० हजार २२३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ८८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ४११ जनाको पिसिआर परीक्षण गर्दा ११२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ६३ रहेको छ ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments