जोन्सन एन्ड जोन्सनको ‘सिंगल सट’ भ्याक्सिन सुरक्षित र प्रभावकारी

भक्तपुर न्यूज

१३ फागुन २०७७ ९:५६

जोन्सन एन्ड जोन्सनको ‘सिंगल सट’ भ्याक्सिन सुरक्षित र प्रभावकारी

काठमाडौं । औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको ुसिंगल सट भ्याक्सिनु सुरक्षित र प्रभावकारी रहेको अमेरिकी विशेषज्ञहरुले दाबी गरेका छन्। आउने केही दिनमा नै यो भ्याक्सिनले अमेरिकामा स्वीकृति पाउने समेत बताइएको छ।

यसअघि अमेरिकामा फाइजर र मोडर्ना भ्याक्सिनले स्वीकृति पाइसकेको थियो। जोन्सन एन्ड जोन्सनको भ्याक्सिन अरु दुई भ्याक्सिनको तुलनामा सस्तो हुने समेत बताइएको छ।

अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको क्लिनिकल ट्रायलको नजितामा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको हो। दक्षिण अफ्रिकामा यो भ्याक्सिनको प्रयोग सुरु समेत भइसकेको छ। यो भ्याक्सिन गम्भीर अवस्था विरुद्ध ८५ प्रतिशत प्रभावकारी देखिएको छ। सामान्य अवस्थामा यो भ्याक्सिन ६५ प्रतिशत सुरक्षति हुने दाबी गरिएको छ।

युरोपियन युनियनलेमात्रै यो भ्याक्सिनको २०० मिलियन डोज अर्डर गरिसकेको छ भने बेलायतले ३० मिलियन क्यानडाले ३५ मिलियन अर्डर गरेको छ। संयुक्त राष्ट्रसंघले कोभ्याक्स मार्फत ३०० मिलियन डोज विभिन्न देशलाई उपलब्ध गराउने छन्। एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *