खुट्टा गन्हाउँने समस्या छ भने यी उपायहरु अपनाउनुहोस्

भक्तपुर न्यूज

१२ फागुन २०७७ १२:१६

खुट्टा गन्हाउँने समस्या छ भने यी उपायहरु अपनाउनुहोस्

काठमाडौं । खुट्टा गन्हाउँने समस्या जो कोहीँलाई पनि हुन सक्छ । लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्दा धेरै मानिसहरुमा खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । जसले गर्दा व्यक्तिको पहिचानलाइृ समेत धमिलाउन सक्छ । नजिकै बस्नेहरुका लागि त झन् ठूलो सास्ती खेप्नुपर्ने हुन्छ । सामान्यतया पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउँने समस्या बढि मात्रामा भएता पनि अहिले यो समस्या आम मानिसमा नै भएको देखिन्छ ।

खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । सोही फङगसका कारण खुट्टा गन्हाउँने समस्या हुन्छ । यदि खुट्टा गन्हाउँने समस्या भएको छ भने त्यस समया जुत्ता, मोजा लगाउन बन्द गर्नुपर्छ ।यसका साथै यस्तो बेलामा केहि उपाय अपनाएर यो समस्या कम गर्न सकिन्छ ।

खुट्टा गन्हाउँने यस्ता छन् उपायहरु

-एउटा भाँडामा मनतातो पानी राख्ने त्यसमा बेकिङ सोडा तथा कागतीको रस हाल्ने त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्ने गर्नाले खुट्टा गन्हाउँने समस्या कम हुन्छ ।
-मकैको पिठो जुत्ता भित्र हाल्ने जसले खुट्टाबाट निस्कने पसिना सोस्दछ र खुट्टाबाट आउने दुर्गन्ध हटाउन मद्धत गर्दछ ।

-खुट्टा धोइसकेपछि खुट्टामा पाउडर लगाउने जसले गर्दा खुट्टामा पसिना पनि आउदैन र दुर्गन्ध पनि हुँदैन ।

-नाइलन र कटनको कपडाबाट बनेको मोजा प्रयोग गर्ने किनकि यसले पसिना सोस्न मद्धत गर्दछ ।

-खुट्टाको सरसफाइमा विशेष ध्यान दिने ।

-अदुवालाई पिसेर रस निकाल्ने र उक्त रसमा कपास भिजाउने र त्यसलाई सुत्नुभन्दा अगाडि पाइतालामा दल्ने ।

सकेसम्म छालाको जुत्ता प्रयोग नगर्ने

प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *