यस्तो छ ल्वाङको फाइदाँहरु

भक्तपुर न्यूज

११ फागुन २०७७ ११:३४

यस्तो छ ल्वाङको फाइदाँहरु

काठमाडौं । ल्वाङको प्रयोग मसला र औषधिकारूपमा पहिलादेखि हुँदै नै आएको छ । ल्वाङमा धेरै औषधीय गुण छन् । जसले तपाईका सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्‍याउँछ ।यस्तो रहेका छन् ल्वाङका फाइदाहरु :

१) एक लिटर पानीमा ८-१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्‍याउँछ ।

२) पेटमा जुका परेको छ भने ३-४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ ।

३) मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने ।

४) ८-१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।

५) गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ ।

६) दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ ।

७) एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।

८) दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *