चितवनको कपास गोदाममा आगलागी
चितवन, १० माघ । चितवनको भरतपुरस्थित एक कपास गोदाममा आज दिउँसो आगलागी भएको छ । भरतपुर–१० स्थित शङ्कर श्रेष्ठको आफ्नै घरमा रहेको कपास गोदाममा आगलागी हुँदा ६ लाखभन्दा बढीको क्षति भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
दिउँसो २ः३० बजे लागेको आगो करिब १०÷१५ मिनेटकै अन्तरालमा नियन्त्रण गर्न सकिएकाले क्षति कम भएको चितवन प्रहरीले जनाएको छ समयमै प्रहरीमा खबर आइपुगेकाले छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । गोदाममा विद्युत् चुहावट भई आगलागी भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०