काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा हुने मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुनको तेस्रो साताबाट हुने भएको छ । क्यानले अहिलेको योजना अनुसार फागुनको २२ गतेदेखि प्रतियोगिता गर्ने योजना बनाएको छ । त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले तयारी तीब्र पारेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
अध्यक्ष चन्दले मेयर कप फागुन २२ देखि सुरू गर्ने योजना रहेको बताए । नेपाली क्रिकेट टिमले ओमान सिरिजका लागि तयारी गरिरहेका बेला ओमान सिरिज कोरोना भाइरसको महामारीका कारण स्थगित भएपछि खेलाडीहरुलाई प्रतियोगितामा ब्यस्त बनाइराख्नका लागि यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा तीन वटा विभागीय टिम र हालै प्रधानमन्त्री कप खेलेका सात वटा प्रदेशबाट उत्कृष्ट खेलाडी छनोट गरि अर्को एउटा टिम तयार पार्ने जनाइएको छ ।
मेयर कपका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने सम्झौता २ साताअघि सम्झौता गरेको थियो । महानगरपालिकासँग भएको सम्झौता अनुसार चैत मसान्तभित्र प्रतियोगिता गरिसक्नु पर्ने प्रावधान राखिएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ५ बुधबार
Comments