यी खानेकुराले बढाउँछ स्मरणशक्ति !

भक्तपुर न्यूज

३० माघ २०७७ ७:२६

यी खानेकुराले बढाउँछ स्मरणशक्ति !

काठमाडौं । कुनै पनि व्यक्तिको शरीर हृष्टपुष्ट छ । तर मस्तिष्क कमजोर छ भने खानामा केही खानेकुरा थप गर्नुपर्ने हुनसक्छ । खानामा मस्तिष्क तेजिलो बनाउने खानेकुरा सामेल गर्ने हो भने एल्जाइमर, तनाव, अस्वस्थ दिमाग जस्ता समस्याहरु कम हुन्छ । त्यसैले खानामा थप ८ खाना सामेल गर्नुस् ।

फर्सीको बियाँ

Image result for फर्सीको बियाँ
फर्सीको बियाँको प्रयोग चकलेटमा पनि गर्न सकिन्छ । तर, यसको बियाँ निकै फाइदाजनक हुन्छ । मस्तिष्कलाई तेजिलो बनाउन यसको बियाँ खाने गर्नुपर्छ । यसको बियाँमा जिंकले स्मरण शक्ति बढाउँछ । साथै, सोच्ने शक्तिको पनि बिकास गर्न सघाउँछ ।

डार्क चकलेट

Image result for डार्क चकलेट
डार्क चकलेट सर्वश्रेष्ठ खानेकुरामा पर्छ । विशेषज्ञका अनुसार यसको सेवनले मस्तिष्कको क्षमतामा वृद्धि विकास गर्छ । यसमा फाइबर, मिनरल्स, ओलिक एसिड, स्टेरिक एसिड, पामिटिक एसिड जस्ता कार्बनिक यौगित पाइन्छ । यसले उच्च रक्तचापको पनि नियन्त्रित गर्छ । यसले रक्तसञ्चार पनि तन्दुरुस्त बनाउँछ । यसले मस्तिष्कसम्म पुग्ने रगतलाई पनि सफा बनाउँछ ।

ब्रोकाउली

Image result for ब्रोकाउली
ब्रोकाउलीमा ओमेगा ३ फ्याटी एसिड, फ्लेवोनोइड, भिटामिन ई, आइरन र कपर जस्ता पोषक तत्वहरु पाइन्छ । यसले दिमागलाई तेजिलो बनाउँछ । मस्तिष्को कार्यक्षमता पनि यसले बढाउँछ ।

बदाम

Image result for बदाम
स्मरणशक्ति बढाउन बदाम खाने गर्नुपर्छ । हरेक दिन ११ देखि १२ वटा बदाम खाने गर्नुपर्छ । यसलाई दूधमा मिसाएर पनि खान सकिन्छ ।

ओखर

Image result for ओखर
ओखरले दिमागलाई निकै फाइदा पुर्याउँछ । यसमा पाइने थुप्रै पोषक तत्वले मस्तिष्कलाई तन्दुरुस्त बनाउँछ । यसले मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । ओखरमा भिटामिन ई, कपर, म्यागाजिन जस्ता तत्व हुन्छ जसले मस्ष्तिकलाई शक्ति दिन्छ ।

ग्रीन टी

Image result for ग्रीन टी
ग्रीन टीमा दिमागको कार्यक्षमता बढाउने तत्व पाइन्छ । यसमा पाइने क्याफिनले दिमागलाई सतर्क बनाउने, स्मृति बढाउने काम गर्छ । ग्रीन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ । दिनमा २ देखि ३ कप ग्रीन टी पिउने गर्नुपर्छ ।

अनार

Image result for अनार
स्मरणशक्ति बढाउन अनार निकै फाइदाजनक हुन्छ । यसले सेवनले यसमा हुने पोलिफेनल्स नामक मोलिक्युल क्बल ब्रेन ब्यारियरलाई हटाएर न्यूरोडिजेनरेटिभ नाम बिरामीबाट सुरक्षा दिन्छ ।

बेरी

Image result for बेरी
जामुन, स्ट्रबेरी, अंगुर जस्ता फलहरुमा म्याग्निज, भिटामिन सी, भिटामिन के र फाइबर जस्ता पोषक तत्वहरुले भरिएको हुन्छ । यसमा एन्टिअक्सिडेन्ट फ्लेवोनाइड्स जस्ता तत्वहरुले मस्तिष्कको तन्तुहरुलाई मजबुत बनाउँछ ।

प्रकाशित मितिः २०७७ माघ ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *