त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए।
कोभिड-१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको उनले बताए। त्रिविअन्तर्गत देशभरी एक हजार एक सय २४ क्याम्पस छन्।
प्रकाशित मितिः २०७७ माघ २७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
