कलेजोमा बोसो जमेको कसरी थाहा पाउने ?

भक्तपुर न्यूज

२६ माघ २०७७ १०:४७

कलेजोमा बोसो जमेको कसरी थाहा पाउने ?

काठमाडौं । कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतरनाक मानिन्छ । कलेजोमा समस्या आएको विभिन्न संकेतहरु देखिन्छन् ।

लामो समयसम्म कलेजोमा समस्या आउँदा कलेजोमा सिरोसिस हुने खतरा बढ्छ । सिरोसिस एडभान्स स्टेजमा पुगेपछि गम्भीर लक्षणहरु देखिने गर्छ । भारतीय नेशनल हेल्थ सभिर्सका अनुसार गोडा, कुर्कुच्चा र पन्जामा गम्भीर प्रकारको पीडा महसुस हुने लक्षणहरु कलेजो बिग्रिएको संकेत हुनसक्छ ।

विशेषज्ञका अनुसार सिरोसिस भएको संकेतहरुबाट पनि पत्ता लगाउन सकिन्छ । छालाको पहेँलोपन, आँखाको सेतो भाग पहेँलो हुनु र छालामा चिलाउने समस्या आउनु चेतावनीको संकेत हुन सक्छ ।

जीवनशैलीमा परिवर्तन ल्याउने गर्दा कलेजोमा जम्मा हुने बोसो हटाउन सकिन्छ । नियमित व्यायामले शरीरको तौल कम गरेर कलेजोमा थप समस्या आउनबाट जोगाउँन सकिन्छ । त्यसैगरी, मद्यपान तथा धुम्रपानको सेवन गर्न हुँदैन । सन्तुलित भोजन गर्ने गर्दा पनि कलेजो सुरक्षित स्वस्थ रहन मद्दत पुग्छ । एजेन्सी

प्रकाशित मितिः २०७७ माघ २६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *