लिभरपुललाई स्वान्सीले हरायो

भक्तपुर न्यूज

९ माघ २०७३ ५:४६

लिभरपुललाई स्वान्सीले हरायो

एजेन्सी, ९ माघ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको होडमा रहेको लिभरपुल रेलिगेशन जोनबाट बाहिर निस्कन प्रयासरत स्वान्सी सिटीसँग ३–२ ले पराजित भएको छ ।
लिग अन्तर्गत गएराति भएको खेलमा स्वान्सीका लागि फर्नान्डो लोरेन्टेले दुई तथा ग्यल्फी सिगुर्डसनले एक गोल गरे । लिभरपुलका लागि रोबर्टो फिरमिनोले दुई गोल गरे । पहिलो हाफमा गोलरहित बारबरी भएको खेलमा लोरेन्टेले ४८ र ५२ औं मिनेटमा गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । तर ५५ र ६९ औं मिनेटमा गरी फिरमिनोले दुई गोल गरी लिभरपुललाई २–२ को बराबरीमा ल्याए । ७४ औं मिनेटमा सिगुर्डसनले गोल गरेपछि स्वान्सी ३–२ ले विजयी भयो ।
हारपछि २२ खेलबाट ४५ अंकसहित लिभरपुल तेस्रो स्थानमा झरेको छ । ४६ अंकसहित टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ ।पाँचौं स्थानको म्यानचेस्टर सिटीको ४३ तथा छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ४१ अंक छ । स्वान्सी सिटी १८ अंकसहित रेलिगेशन जोनबाट बाहिर १७ औं स्थानमा आएको छ । गएराति भएका अन्य खेलमा वेष्ट ब्रोमले सन्डरल्याण्डलाई २–०, एभर्टनले क्रिष्टल प्यालेसलाई १–० तथा वेष्ट ह्यामले मिडल्सबर्गलाई ३–१ ले हरायो । बोर्नमाउथ र वाट्फोर्डले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *