भृकुटीमण्डपमा आजदेखि ‘बृहत् पुस्तक मेला’ सुरु

भक्तपुर न्यूज

२५ माघ २०७७ ७:२२

भृकुटीमण्डपमा आजदेखि ‘बृहत् पुस्तक मेला’ सुरु

काठमाडौं । भृकुटीमण्डपमा आज (माघ २५ ) आइतबारदेखि ‘बृहत् पुस्तक मेला’ सुरु भएको छ । कोरोना कहरपछिको समयमा पुस्तक प्रवर्दन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।

काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक मेलामा बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा बिभिन्न नयाँ पुस्तक पनि बिमोचन गरिनुको साथै लेखक सँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ । फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशत सम्म छुटमा किताबहरु बिक्रि गरिने समेत जानकारी गराइएको छ ।

Image result for भृकुटीमण्डपमा  'बृहत् पुस्तक मेला' सुरु

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने बिस्वास आयोजकले लिएको छ । पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान गरेको छ ।

प्रकाशित मितिः २०७७ माघ २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *