चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् : ओली

भक्तपुर न्यूज

८ माघ २०७३ १३:५१

चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् : ओली

भक्तपुर, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्।
एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उनले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।
सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताए। चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले भने – आज मेरो प्रधानमन्त्रीसँग कुराकानी हुँदैछ, म उहाँलाई भन्नेछु, सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन, चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् ।
उनले भने, सरकारले एउटा चुनाव पनि गराउने कुनै सुरसार गरेको छैन, हामीले सरकार परिवर्तन सँगसँगै निर्वाचनको कार्यतालिका घोषणा गर्न भन्दै आयौँ, तर अहिलेको सरकार त्यस दिशामा केही नगरी, सिन्को नभाँचीकन गफ मात्रै गरेर बसेको छ ।
यतिबेला विभिन्न प्रकारका शक्तिले देशलाई गलत बाटामा धकेल्न खोजिरहेको र सत्ता पक्षले देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्नसंविधान संशोधनको बाजा बजाइरहेको आरोप उनले लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *