अफगानिस्तानी सेनाको कारबाहीमा बीस आतङ्ककारीको मृत्यु
एजेन्सी, ८ माघ । अफगान सुरक्षाबलले अफगानिस्तानभरी जारी राखेको कारबाहीका क्रममा कम्तीमा २० आतङ्ककारी मारिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सुरक्षाबलले जारी राखेको नौ वटा कारबाहीको क्रममा २० सशस्त्र तालिवानी आतङ्ककारी मारिनुको साथै अन्य १६ घाइते भएका र दुई जना पक्राउ परेका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको कापिसा, उरुजगान, जाबुल, हेलमान्ड, फराह, फयाब, सरिपुल प्रान्तमा जारी रहेको कारबाहीको क्रममा ती तालिवानी मारिएका बताइएको छ ।
यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै प्रतिक्रिया दिएका छैनन् । अफगान सरकारसँग लडाई गर्दै आएका तालिवान र इस्लामिक स्टेट आतङ्ककारीहरुमा विदेशी नागरिक पनि रहेका अफगान सुरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५