इन्धन उत्खनन्मा बैदेशिक हस्तक्षेप ः नेता पाण्डे
भक्तपुर, ७ माघ । नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् गर्ने थालेको पेट्रोलियम खानी बिदेशीको दवाबमा निरन्तरता नपाएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले वर्तमान सरकारले बिगत सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य बिदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाएका हुन् । उनले यस अघि सरकारले दैलेख लगायता केहि जिल्लामा पेट्रोलियम खानीको राम्रो सम्भावना रहेता पनि छिमेकीको परनिर्भरताकै कारण उत्खनन् कार्य रोकिएको बताए ।
उनले सात प्रदेशमा औद्योगिक क्षेत्र बिस्तारको काम समेत वर्तमान सरकारले अघि नबढाएको गुनासो गर्दै नेपाल र नेपालीको प्रगती औद्योगिकरणमै रहेको तर वर्तमान सरकारले नेपाल र नेपालीको प्रगतीपथलाई रोक्ने काम गरिरहेको टिप्पणी गरे ।
संबिधान संशोधनले नेपाललाई दुई भागमा बिभाजन गर्ने र छिमेकीले आफ्नो स्वार्थ पुरा गर्ने हेतुका साथ आएकाले संशोधन देशको दुर्भांग्यको ढोका भएको भन्दै कसै गरि पनि संशोधन प्रस्ताव पारित हुन नदिने उनको भनाइ छ । उनले अप्रजान्त्रिक, अलोकतान्त्रिक र इतिहासमै संसदको खिल्ली उडाउँदै प्रतिपक्षको अवरोधका माझ संशोधन टेवल गरिएको समेत बताए ।
पाण्डेले स्थानिय तहको निर्वाचन गर्ने तर्फ सरकारले चासो नदेखाउनुमा बिदेशीकै इशारा रहेको हुन सक्ने भन्दै अविलम्ब स्थानिय तहको निर्वाचनको वातावरण तयार गरि मिति घोषणा गर्नु पर्ने बताए ।
नेपाल र नेपाली इतिहासकै अप्ठ्यारो मोडमा रहेको र खुल्लम खुल्ला बैदेशीक हस्तक्षेप बढेको भन्दै उनले राष्ट्रियता सबैभन्दा कम्जोर मोडमा रहेको बताए ।