संसद बैठकमा विकास समितिको प्रतिवेदन प्रस्तुत हुँदै
काठमाडौं, ७ माघ । व्यवस्थापिका संसदको बैठक आज बस्दै छ ।आजको बैठकमा विकास समितिको अनुगमन एवम् मुल्यांकन सम्बन्धी प्रतिवेदन र बोनस पाँचौ संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
बिभिन्न मितिमा बसेको समितिको बैठकले गरेका निर्णय, सरकारलाई दिइएका निर्देशन र त्यसको प्रगतिको अवस्थासहितको प्रतिवेदन संसदमा प्रस्तुत गर्ने समिति सभापति रविन्द्र अधिकारीले बताए ।
समितिको हिजो बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे एलएमडब्लु कम्पनिसँग भएको सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको थियो ।
संसदीय समितिहरुले सरकारलाई बिभिन्न विषयमा निर्देशनहरु दिए पनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक नरहेको समिति सदस्यहरु बताउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५