सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, ६ माध । आज सुनचाँदीको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ।
अघिल्लो दिन फाइन सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेकोमा आज ५५ हजार २ सय रुपैयाँमा झरेको छ।
त्यस्तै स्टाण्डर्ड अर्थात ९९. ५० शुद्ध सुनको मूल्य ५४ हजार ९ सय रुपैयाँ रहेको छ। अघिल्लो दिन तोलामा ८ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज ७ सय ९५ कायम भएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
