भायनेटमा अनधिकृत पहुँच पुर्याउने १८ वर्षीय किशोर पक्राउ

भक्तपुर न्यूज

२७ पुष २०७७ ७:३६

भायनेटमा अनधिकृत पहुँच पुर्याउने १८ वर्षीय किशोर पक्राउ

काठमाडौं । भायनेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखेको आरोपमा प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई हिजो पक्राउ गरेको छ।

उनलाई उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवा प्रदायक ग्राहकहरूको तथ्याङ्‍कमा अनधिकृत रूपमा पहुँच पुर्‍याइ फेसबुक, इन्स्ट्राग्राम, ट्वीटरलगायतका सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको हो।

साइबर ब्यूरोले ती किशोरले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअनुसार कसूर गरेको खुल्न आएको जनाएको छ। उनीविरुद्ध सोही ऐनअनुसार मुद्दा दर्ता गरी ब्यूरोले अनुसन्धान थालेको छ।

प्रकाशित मितिः २०७७ २७ पुस सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय