फाइन गोल्डको मूल्य बढ्यो
काठमाडौं, ४ माघ । सुनको मूल्य आज सामान्य बढेको छ । हिजोदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ । जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई फाइन गोल्ड र ९९ दशमलव ५० प्रतिशत शुद्धता रहेको सुनलाई स्टाण्डर्ड गोल्ड भनी सुनचाँदी व्यवसायी महासंघले वर्गीकरण गरेको हो ।
यसअनुरुप आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ महँगो हो । स्टाण्डर्ड गोल्डको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ रहेको छ। यो मूल्य अघिल्लो दिनकै हो ।
चाँदी भने यस दिन प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
