फाइन गोल्डको मूल्य बढ्यो

भक्तपुर न्यूज

४ माघ २०७३ १७:११

फाइन गोल्डको मूल्य बढ्यो

काठमाडौं, ४ माघ ।  सुनको मूल्य आज सामान्य बढेको छ ।  हिजोदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ । जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई फाइन गोल्ड र ९९ दशमलव ५० प्रतिशत शुद्धता रहेको सुनलाई स्टाण्डर्ड गोल्ड भनी सुनचाँदी व्यवसायी महासंघले वर्गीकरण गरेको हो ।
यसअनुरुप आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ महँगो हो । स्टाण्डर्ड गोल्डको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ रहेको छ। यो मूल्य अघिल्लो दिनकै हो ।
चाँदी भने यस दिन प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *