प्रधानमन्त्रीले आज उर्जा सम्बन्धी विश्व सम्मेलनमा सम्बोधन गर्दै

भक्तपुर न्यूज

३ माघ २०७३ ५:४२

प्रधानमन्त्रीले आज उर्जा सम्बन्धी विश्व सम्मेलनमा सम्बोधन गर्दै

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज युएईको अवुधावीमा आयोजना हुने उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सम्बोधन गर्दै छन् । सम्मेलनमा प्रधानमन्त्री दाहाल विषेश वक्ताको रुपमा रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।
विभिन्न ३२ मुलुकका ६ सय बढी कम्पनीको सहभागिता रहेको उक्त सम्मेलनमा उनले ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्य लगायतका विषय सम्बोधनका क्रममा समेट्ने जनाइएको छ ।
प्रधानमन्त्री दाहालले आजै युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नह्यानसँग भेटवार्ता गर्दै छन् । भेटमा युएईमा रहेका नेपाली कामदारको अवस्था, कामदारको पारिश्रमिकका साथै सामाजिक तथा अन्य सुरक्षाका विषयमा कुराकानी हुने जनाइएको छ ।
आजै उनले युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि हिजो प्रधानमन्त्री दाहालले युएईका समकक्षी शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटवार्ता गरेका थिए ।
उर्जा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार युएई प्रस्थान गरेका थिए । उनी भोली स्वदेश फर्किदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *