कुन मौसममा के खानेकुरा खाने ? यस्तो छ भोजनको नियम

भक्तपुर न्यूज

१९ पुष २०७७ १०:१०

कुन मौसममा के खानेकुरा खाने ? यस्तो छ भोजनको नियम

काठमाडौं । मौसम बदलिँदै जाँदा आहारमा ध्यान दिन जरूरी हुन्छ अनि मात्र तपाईं स्वस्थ र तन्दुरुस्त रहन सक्नुहुन्छ । हरेक मौसमको आफ्नै स्वभाव हुन्छ र त्यसैअनुसार खानपिन पनि मिलाउनुपर्छ ।

वसन्त ऋतु (फागुनदेखि चैत)
यतिखेर गर्मी हुन्छ । जौ, चना, गहुँको रोटी, चामल, मसँग, रहर, मूला, परवर, करेला, काँक्रो, जीरा, अमला आदि खानुस् । अमिलो कुरा नखानुस् ।

ग्रीष्म ऋतु (वैशाखदेखि जेठ)
यो मौसममा पुरानो गहुँ, जौ, सातु, खीर, दूध, चिसो पदार्थ, काँचो आँप, करेला, परवर र खरबुजा खानुस् । तेल हालेको, मसला धेर भएको, नूनिलो र तातो कुरा नखानुस् ।

वर्षा ऋतु (असारदेखि भदौ)
यो ऋतुमा पुरानो चामल, पुरानो गहुँ, खिचडी र हलुका पदार्थ सेवन गर्नुपर्छ । बर्खामा पाचनशक्ति कमजोर हुन्छ, त्यसैले कम भोजन गरेको राम्रो हुन्छ ।

शरद ऋतु (असोज र कार्तिक)
यो ऋतुमा चाहिँ पाचनशक्ति प्रबल हुन्छ र खाना पनि मज्जाले पच्छ । तातो दूध, घिउ, सक्खर, मिश्री, खीर, अमला, कागती, नरिवल, काउली खानुस् । तागत बढाउने काजु किसमिस खानुहोला ।

हेमन्त ऋतु (मंसिर)
स्वास्थ्य बनाउनका लागि यो ऋतु सर्वोत्तम मानिएको छ । पौष्टिक र भिटामिन भरपूर भएको खाद्यपदार्थ खानुस् । दूध, खुवा, नयाँ चामल, अनार, तिल लगायतका कुरा खानुस् । चिसो कुरा पटक्कै नखानुस् ।

शिशिर ऋतु (पुसदेखि माघ)
यो मौसममा घिउ, सिधे नून, मुँगको दालको खिचडी, अदुवा र तातो कुरा खानुपर्छ । तारेको वा भुटेको, चिसो वा बासी भोजन र बेमौसमी खाना नखानुस् ।

आवश्यक छ भोजनको नियम

भोजन गर्नुको उदेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ । त्यस्तै, तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

भोजनले उर्जाका साथै सप्त धातु -रगत, मासु, छाला, हड्डी आदि) पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

एजेन्सी

प्रकाशित मितिः २०७७ पुस १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *