बेलायती संसदबाट ब्रेक्जिट व्यापार सम्झौता पारित

भक्तपुर न्यूज

१६ पुष २०७७ ८:०२

बेलायती संसदबाट ब्रेक्जिट व्यापार सम्झौता पारित

काठमाडौं । बेलायती संसदबाट युरोपेली संघ (ईयू)सँगको ब्रक्जिटपछिको व्यापार सम्झौता पारित भएको छ । शुक्रबारबाट लागू हुने उक्त सम्झौता बुधबार बेलायती संसदबाट पारित भएको हो ।

लामो समयको वार्तापछि बेलायत र ईयूबीच ब्रोक्जिटपछिको लागि व्यापार सम्झौता भएको थियो । उक्त सम्झौता यसअघि नै ईयूबाट पारित भइसकेको छ । डिसेम्बर २४ मा भएको सम्झौताको विषयमा बेलायतको लेबर पार्टीले भने आपत्ति जनाउँदै आएको छ ।

लेबर पार्टीले यो सम्झौताले सेवा, माछा मार्ने अधिकारलगायतको व्यापारमा आफ्नो अडान कायम राख्न नसकेको आरोप लगाउँदै आएको छ । त्यस्तै उत्तर आयरल्याण्डको मान्यता भने अझै पनि अनिश्चित छ ।

आधिकारिकरुपमा बेलायत करिब एक वर्षअघि ईयूसँग छुट्टिएको थियो । तर, अहिलेसम्म बेलायतले व्यापार, यातायात, ऊर्जालगायतका क्षेत्रमा भने ईयूको नियमको पालना गर्दै आएको थियो । शुक्रबारलदेखि भने बेलायतले यी सबै क्षेत्रमा अहिले भएका सम्झौताअनुसारको नियम लागू हुनेछ ।

प्रकाशित मितिः २०७७ पौष १६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय