छुरा प्रहार गरेको आरोपमा १० जना पक्राउ
काठमाडौं, २ माघ। काभ्रेका मिलन लामालाई छुरा प्रहार गरेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको हो । हिजो दिउँसो ललितपुरको जावलाखेलमा ललितपुर तिखेदेवल बस्ने काभ्रेका मिलन लामालाई छुरा प्रहार गरेको आरोपमा तिखेदेवलका रोहित शाहीसहित १० जना पक्राउ परेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले जानकारी दिए ।
लामाको जावलाखेलकै अल्का अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
