३ र ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन खुल्यो

भक्तपुर न्यूज

१४ पुष २०७७ ८:०१

३ र ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरेको छ। वार्षिक परीक्षा प्रणालीअनुसार २०७७ सालमा सञ्चालन हुने ३ र ४ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा शास्त्र संकायको फारम खुलेको हो।

३ वर्षे स्नातक तहमा २०७० सालमा भर्ना भई २०७१ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरूका लागि यो अन्तिम पटकको परीक्षा हुने पनि कार्यालयले जनाएको छ।

प्राज्ञिक परिषद्को स्थायी समितिको बैठकले २०७६ साउनमा तीन वर्षे स्नातक तहको समयसीमा नाघेका मौका परीक्षा दिने विद्यार्थीको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो।

परीक्षामा सहभागी हुनको लागि विद्यार्थीले माघ ८ सम्म आवेदन बुझाउनु पर्ने छ। समय सकिएको एक हप्ताभित्र दोब्बर दस्तुर तिरेर आवेदन भर्न सकिने कार्यालयको भनाइ छ।

प्रकाशित मितिः २०७७ पौष १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय