अवैध रूपमा लैजाँदै गरेको यार्सागुम्बासहित एक युवक पक्राउ

भक्तपुर न्यूज

१३ पुष २०७७ ७:४५

अवैध रूपमा लैजाँदै गरेको यार्सागुम्बासहित एक युवक पक्राउ

धनगढी । पुस बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन्। सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका २ का ४३ वर्षीय छिटुप तामाङ रहेका छन्। प्रहरीले उनको साथमा रहेको झोलाबाट अवैध यार्सागुम्बा बरामद गरेको हो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिए।

प्रकाशित मितिः २०७७ पौष १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय