युनाइटेड फाइनान्सको पुस २९ मा साधारण सभा हुदै
काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले २६ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय आईजे प्लाजा दरबार मार्ग, काठमाडौंमा गर्ने भएको हो ।
सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको परिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १४ गतेदेखि पुस २९ गतेसम्म बन्द गरिने कुरा पनि सञ्चालक समितिको बैठकको निर्णय जनाएको हो ।
प्रकाशित मितिः २०७७ पौष ०९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
