देशलाई समृद्ध बनाउने बाटो स्थानीय तहको निर्वाचन : पोखरेल

भक्तपुर न्यूज

१ माघ २०७३ १४:०९

देशलाई समृद्ध बनाउने बाटो स्थानीय तहको निर्वाचन : पोखरेल

ओखलढुङगा, १ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताकै बलले संविधान संशोधन विधेयक असफल हुने दाबी गरेका छन् ।
स्थानीय तहको निर्वाचन एमालेको मुख्य एजेण्डा भएको भन्दै पोखरेलले सरकारलाई चुनाव गराउन दबाब दिनका लागि एमालेले अभियान थालेको बताए ।
ओखलढुंगाको दुर्गम गाउँ रावादोलुमा आज एमालेको गाउँ कमिटी अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयन गरेर देशलाई समृद्ध बनाउने बाटो स्थानीय तहको निर्वाचन नै भएकोमा जोड दिए ।
सरकारले संविधान संसोधनको नाममा निर्वाचन कानुन पारित गर्न वेवास्ता गरेको बताउँदै महासचिव पोखरेलले सरकार निर्वाचन गराउने बाटोमा नहिँडेको आरोप पनि लगाएका छन् ।
संविधान आवश्यकताका आधारमा संशोधन हुदै जाने भएकाले अहिलेको राष्ट्रघाती संशोधान प्रस्ताव सदनबाटै अस्वीकृत हुने पोखरेलले दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *