आज पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यो हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको छ ।
गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन बुधबार १ हजार ६ सयले घटेको थियो । यस्तै विहिबार ९ सय रुपैयाँले घटेको थियो । शुक्रबार सुनको मूल्य स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार ५०० सय र तेजाबी सुनको मूल्य ९३ हजार ५० कायम रहेको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँले बढ्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ पौष ०२ बिहिबार
