लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु
लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका १ दुवारका २३ बर्षीय कुमार विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोर्दी गाउँपालिका– ८ स्याउतखोला स्थित भित्री सडकखण्डमा हिलेबाट चितितर्फ बालुवा बोकेर आउँदै गरेको ना ७ त ४६८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विकको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
उनका अनुसार मृतक विक ट्याक्टरका सहचालक हुन् । उनले भने, ‘ट्याक्टरको इन्जिन बाटोमा पल्टन गई सोही ट्याक्टरका सहचालक विकलाई इन्जिनले च्यापेर गम्भीर घाइते भएका थिए, उनलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।’ मृतक विकको शरीरमा विभिन्न भागमा चोट लागेको छ ।
इन्जिनले च्यापेका उनलाई जेसिवि मगाएर उठाएर झिकिएको प्रनाउ थापाले बताए । उनले भने, ‘दुर्घटा नभएको ट्याक्टरका चालक दोर्दी गाउँपालिका– १ अलैंचेका २७ बर्षीय सुरेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर २८ आइतबार
