सिरियाको राजधानी दमासकसमा आत्मघाती आक्रमण
एजेन्सी, २९ पुस । सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि ७ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो । त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बिबिसीले जनाएको छ ।
तर समाचार संस्था एएफपिका अनुसार ति अधिकारीको बसोबास क्षेत्रभन्दा केही पर उच्च सुरक्षा रहेको ठाउँमा आक्रमण भएको हो ।
आक्रमणमा परि घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्ने मानवअधिकारवादी संस्था सिरियन अवजरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ । अहिलेसम्म आक्रमणको जीम्मेवारी कसैले पनि लिएको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७