वहुविवाह मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

भक्तपुर न्यूज

२६ मंसिर २०७७ ८:२४

वहुविवाह मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

पर्वत । वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१ बस्ने ३२ वर्षीया गीतादेवी पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्वतले २०६२ जेठ २३ गते उनलाई १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार थिइन्।

उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको हो। जिल्ला अदालतमा पर्वत बुझाइए कैद भुक्तानको लागि कारागार चलाउन गरिएको प्रहरीले बताएको छ।

प्रकाशित मितिः २०७७ मंसिर २६ गते शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय