नङको रङ परिवर्तन रोगको चेतावनी संकेत
काठमाडौं। नङले औँला र हातको सुन्दरता बढाउने काम गर्छ । धेरैजसो महिलाले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ–पालिसको प्रयोग गर्छन् । तर, नङलाई सुन्दरतासँग मात्र नभएर नङको रङ र आकार हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सकिन्छ । शरीरभित्र विकास भइरहेको रोगका कारण नङको रङ परिवर्तन गराउन सक्छ । केही रङ परिवर्तन एक विशेष रोगको चेतावनी संकेत हुन सक्छ ।
नङको रङ परिवर्तन भएको बुुझ्न सके सम्भावित रोगलाई समयमा नै रोकथाम गर्न सकिन्छ । नङको रङ हल्का निलोदेखि गाढा नीलो देखिन थालेमा शरीरलाई आवश्यक मात्रामा अक्सिजन प्राप्त नभएको बुझ्न सकिन्छ । अक्सिजन नपुगेको खण्डमा श्वासप्रश्वाससम्बन्धी रोग हुने सम्भावना बढ्छ । नङको रङ सेतो हुँदै गएमा कलेजो रोग वा मधुमेहको संकेत गर्न सक्छ ।
फिक्का रङको नङले एनेमियाको संकेत गर्छ । नङको रङ आधा फिका र आधा सेतो देखिएमा रगतमा कमी तथा ‘रेड ब्लड सेल’को कमी भन्ने बुझिन्छ । नङको रङ आधा गुलावी र आधा सेतो भएमा मृगौलासम्बन्धी रोगको संकेत गराउँछ । नङको रङ पहेलो हुँदै गएको छ भने फोक्सोमा समस्या हुन सक्छ । साथै, यसले नङमा हुँदै आएको संक्रमणको पनि संकेत गर्छ ।
नङमा कालो रातो रङको आधा चन्द्रमा जस्तो देखिन थालेमा लुपस, हृदय रोग, एलोपेसिया, अर्थराइटिस, छालामा समस्या हुन सक्छ । नङमा आधा निलो चन्द्रमा जस्तो देखिन थालेमा शरीरमा विषाक्त भएको संकेत हुन सक्छ ।
प्रकाशित मितिः २०७७ मंसिर २० शनिबार