काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख २० हजार २ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९२ दशमलब ७ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ६३ हजार ९ सय १९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ सय ७६ जना क्वारेन्टाइनमा छन्। नेपालमा १५ हजार ७ सय ६६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments